चितवन । नारायणी नदीमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी नदी किनारमा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उर्लदो नारायणी नदीले बगाएर ल्याएको ती पुरुषको शवको बारेमा थप जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया