चितवन।  भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीले बगाएर ल्याएको शव रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–६ का एक पुरुषको भएको खुलेको छ ।स्थानीयको सूचनाका आधारमा चितवन प्रहरीले आज बिहान करिब ९ बजेको समयमा सो शवलाई नियन्त्रणमा लिएको हो ।

चितवन प्रहरीले तिलोतमा घर भई काठमाडौँको किर्तिपुर–४ बस्ने ६० वर्षीय चुडामणी उपाध्यायको शव भएको पुष्टि भएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको चितवन प्रहरीले जनाएको छ । मृतकको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया