विकु बचत तथा ऋण गैरसरकारी संस्थाको स्कुलिङबाट जन्मिएको हो । विजय विकास स्रोत केन्द्रको तालिमपछि संस्थाको जन्म भएकाले सामाजिक विकास कार्यक्रम मार्फत अगाडी बढायौं । सदस्यको स्वास्थ्य र खुसी हाम्रो प्राथमिकता हो । त्यसैले कार्यक्रम डिजाइन गर्दा नै यसै अनुसार गर्छौ । बेस्ट र बिगेस्ट (बी२) सिद्धान्तमा हामी अघि बढेका छौं । हामीले संस्थाको स्वेतपत्र बनायौं, इनोभेसन र क्रियशनलाई फोकस गरेका छौं ।

बिकुमा कमजोर आर्थिक अवस्था भएका सर्वसाधारणलाई पनि समेटेका छौं । हाल सवा लाख सदस्य पुगेका छन् । थोरै रकमबाट जुनसुकै वर्गका व्यक्ति पनि संस्थामा आवद्ध हुन पाउने व्यवस्था गरेका छौं । बिकुमा अहिलेसम्म कुनै पनि पदमा चुनाव भएको छैन । एक पदमा दुई जनाको उम्मेदवार परेकै छैन । अध्यक्ष भएको व्यक्ति सदस्य बसेर भए पनि काम गरिरहेको अवस्था छ । यो सिकाइको कुरा पनि हो ।

हामीले अहिले बचतमा १६ प्रकारका र ऋणमा २४ प्रकारका सेवा प्रदान गरेका छौं । सेवा विविधिकरण गर्दै गएका छौं । यो जमाना प्रविधिको हो । सदस्यलाई मोबाइल र प्रविधि प्रयोगमा पनि जोड दिएका छौं । हामी कुनै पनि सदस्यलाई सेवा दिन सक्दैनौं भन्दैनौं । कुनै पनि समस्या अथवा काम लिएर आएमा हामी स्विकार्छौं । सक्नेजति हामी आफै गर्छौ । हाम्रो क्षमताले नभ्याए पनि सम्बन्धीत निकायमा जोड्ने काम गर्छौ ।

पहिला सहकारीलाई हेर्ने दृष्टिकोण राम्रो थिएन । अहिले पनि सहकारीको इमेज राम्रो छैन । तर क्रमश बढ्दै गएको छ । सहकारी क्षेत्रले अझै इमेज बनाउन सकेको छैन । सहकारीमा दक्ष जनशक्तिलाई आकर्षित गर्न जरुरी छ । बिकुमा कर्मचारीलाई व्यवस्थापनको काममा स्वतन्त्र छोडेका छौं ।

कर्मचारीले न्यूनतम एक वर्ष काम गर्छ भन्ने मान्यता हुन्छ । इन्सेन्टिभ पनि दिन्छौं । फोर्स लिभको पनि व्यवस्था गरेका छौं । वर्षमा ५ दिनको लागि पैसा दिएर नै घुम्न पठाउँछौ । यस्तो गर्दा काममा प्रभावकारीता आएको छ । पहिला कर्मचारीको जन्मदिन बेलुकातिर मनाउँथौं ।

त्यसो गर्दा घर परिवारलाई समय दिन नपाएको, घरमा जन्मदिन मनाउन नपाएको भन्ने भएपछि हामीले जन्मदिनको अवसरमा बिदा दिने घोषणा ग¥यौं । यसो हुँदा दिनभर परिवारसँग बस्छ । खुसी हुन्छ । अघिल्लो दिन वा अर्को दिन अफिसमा सेलिब्रेसन गर्ने÷नगर्ने उसको कुरा भयो ।

व्यवस्थापन प्रमुख भएर काम गर्दैगर्दा साना कुराले पनि प्रभाव पार्दो रहेछ लागेर हामीले यस्तो कदम चालेका हौं । कर्मचारीलाई सहुलियत ऋणको व्यवस्था छ । कर्मचारीलाई २ पांग्रे सवारी साधन, एन्ड्रोइड मोबाइल अनिवार्य जस्तै छ । यसबाहेक वासिङ मेसिन लगायत घरायसी उपकरण खरिद गर्दा पनि संस्थाले सहजीकरण गछौं । कर्मचारीलाई तलब दिएर मात्र हुँदैन । परिवार, समाजमा सहयोग पुग्नेगरी हेर्नुपर्ने रहेछ ।

हामीले रोटेसनमा काम लगाउँछौं । सबै कर्मचारीको वृत्ति विकास र ज्ञान बढाउनुपर्छ भनेर लागेका छौं । कर्मचारीले १६÷१७ महिनाको इन्सेन्टिभ पाउँछन् । करारमा लिने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको छ । अधिकृत भन्दा माथिको पदपुर्ती समितिले नै गर्छ ।

सञ्चालक समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत बस्ने र अरु कर्मचारी प्रमुख कार्यकारी अधिकृतप्रति जिम्मेवार हुन्छन् । दिइएका जिम्मेवारी कार्यान्वयन गर्नबाट कोही पनि पन्छिन पाउँदैन । कर्मचारीले सिधैं सञ्चालकसँग एक्सेस राख्न हुँदैन । त्यो अभ्यास राम्रो पनि हुँदैन ।

सुशासन सुन्दा राम्रो तर व्यवस्थापन गर्न गाह्रो कुरा हो । सुशासनको काम सञ्चालक समितिबाटै सुरु गर्नुहुन्छ । सहकारी बिग्रने नै आर्थिक गतिविधिबाट हो । खासगरी ऋण परिचालन गर्दा ध्यान दिइएन भने सुशासन हराउँछ । बिकुमा सञ्चालक समितिले आफू र आफ्नो परिवारको नाममा ऋण पाउँदैन ।

शुसासन त्यहीबाट सुरु हुन्छ । सञ्चालकले बढीमा १२०० सय रुपैयाँ भन्दा बढी बैठक भत्ता पाउँदैन । अफिस भन्दा बाहिर गएर पनि बस्न पाउँदैन । अरु सुविधा केही हुँदैन । सहकारीमा दिन जाने हो भन्ने सञ्चालकमा सोच छ । कतिपय सहकारीमा सञ्चालक भएपछि पाइन्छ भन्ने हुँदा संस्था बिग्रेका छन् । नीति बनाएर गएमा संस्थामा सुशासन ल्याउन सकिन्छ । कसैले भनेको भरमा हुँदैन ।

पर्याप्त मात्रामा नीतिहरु बनाए मात्र सुशासन कायम गर्न सकिन्छ । काम गर्ने दौरानमा के गर्न बाँकी छ भनेर हेछौं । के गरियो भन्ने विषय गौण हुन्छ । राम्रो व्यवस्थापन भएको ठाउँमा खराब कर्मचारी बाहिरिन्छ । नराम्रो व्यवस्थापन भएको ठाउँमा राम्रो कर्मचारी बाहिरन्छ । यो अध्ययनले पनि देखाएको छ ।

 

तपाईको प्रतिक्रिया