नवलपुर । नवलपुरको कावासोतीमा ट्याक्टरले च्यापिएर एकजनाको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं. १७ गोछडाटारमा मकैको ढोड लोड गरि फर्कने क्रमामा ट्याक्टरको ढाला पल्टीएर सोहि ढालाले च्याप्दा सोहि स्थानका ५५ वर्षका शान्तिनाथ महतोको मृत्यु भएको हो । मृतक महतो साेही ट्याक्टरमा चालक हुन् ।

स्थानीय खुसीराम थनेतको खेतबाट मकैको ढोड गरेर निस्कने क्रममा ना ७ त ३७७५ नम्बरको ट्याक्टर फसेपछि चक्कामा लागेको माटो निकाल्न लागेका थिए । सोहि क्रममा ढाला पल्टन गई दुर्घटना भएको थियो ।ट्याक्टरमा च्यापिएका उनको उपचारको क्रममा मध्यविन्दु अस्पतालमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया