नवलपुर । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका –४ जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो ।
पोखरेल आफ्ने घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए ।
पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौंतरीका स्टेसन म्यानेजर एवं प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । भेटघाटको लागि पाँच दिनअघि पोखरेल घर आएका थिए ।

तपाईको प्रतिक्रिया