
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ९ ले जेष्ठ २८ गते शनिवार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा स्वास्थ्य शिविरको आयोजना गरिएको वडा अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।
वडाबासीहरुहरुको स्वास्थ्यलाई ध्यानमा राखेर शिविरको आयोजना गरिएको भन्दै वडा अध्यक्ष सापकोटाले स्वास्थ्य शिविरमा आएर आफ्नो स्वास्थ्य परिक्षण गराउन आह्वान गर्नुभएको छ ।स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघरको परिक्षण, सुगर तथा उच्चरक्तचापको परिक्षण गर्नुका साथै निशुल्क औषधी समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।
विहान सात बजेदेखि आपरान्ह चार बजेसम्म वडा कार्यालय भवनको भुईतलामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेर वडाबासीले स्वास्थ्य जाँच गराउन सक्ने गैँडाकोट वडा नं.९ ले जनाएको छ ।