कावासोती । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा अवस्थित पूर्व पश्चिम राजमार्गमा रहेको चोरमारा पुल मर्मतका लागि यातायात संचालनमा रोक लगाइएने भएको छ । आज  विहान ८ बजे देखि दिउसो २ बजे सम्मका लागि सो खण्डमा यातायात संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुलको बिच भागमा प्वाल परेकोला यातायात संचालनमा जोखिम रहेकाले यसको मर्मत गर्न लागिएको हो । यातायात संचालनकै अवस्थामा पुल मर्मत गर्न कठिन हुने भएकाले २२ गते ६ घण्टा सो खण्डमा यातायात संचालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । पुल मर्मतको समयमा प्रशासनले एम्बुलेन्स बाहेक साना र ठूला सवारीलाईवैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया