चितवन – चितवनको बाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायीक बनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षिया फुलकुमारी बोटेको शब भेटिएको हो । उनलाई आज दिउँसो २ वजे बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्ती सहितको टोलिद्धारा बोटेको खोजी पछि साँझ बन क्षेत्रमा उनको शब फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया