गैंडाकोट । सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुबाहक तथा मालवाहक सवारीको भाडादर पुन वृद्धि गरेको छ । बढेको भाडा अनुसार अब नारायणगढदेखी डन्डा बजारसम्म ३६ किलोमिटरको १०१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै कावासोती बजारदेखी भण्डारासम्म ६२ किलोमिटरको १८१ रुपैयाँ कायम गरिएको छ त्यस्तै नारायणगढदेखि बुटवलसम्म ११४ किलोमिटरको ३३० रुपैयाँ रहेको छ । स्तरीय डिलक्समा भने तोकिएको भाडामा २० प्रतिशत थप लाग्ने जनाईएको छ ।

यसअघि भाडा बढेको एक सातामै पुन भाडादर वृद्धि भएको हो यात्रुवाहक सवारीसाधनमा २।१ प्रतिशत भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २।७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडा बढाइएको छ ।

तपाईको प्रतिक्रिया