नवलपुर । गैँडाकोट नगरपालिका वडा नं. ९ का नवनिर्वाचित अध्यक्ष धामनाथ सापकोटाले आज पदभार ग्रहण गर्नुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ९ को कार्यालयमा आयोजित एक समारोहका विच वडा अध्यक्ष सापकोटाले पदभार ग्रहण गर्नुभएको हो ।उहाँसगै नवनिर्वाचित वडा सदस्यहरु ज्ञानप्रसाद खनाल, गमता भट्टराई (पाण्डे),दिनेश कुमाल र विन्दुमाया विकले पदभार ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाअध्यक्ष सापकोटाले चुनावका बेला गरेका प्रतिवद्धताहरु पुरागर्ने गरि आफुु र आफ्नो टिमले काम गर्ने बताउनुभयो । वडाको विकासका लागि सवैसँग समन्वय गरेर अघि बढ्ने भन्दै उहाँले नमुना वडा निर्माणका लागि आफुहरुले काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया