गैंडाकोट । गैंडाकोट १ का नवनिर्वाचित वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले पदभार ग्रहण गर्नुभएको छ । सोमवार मिलनचोक स्थित वडा कार्यालयमा एक समारोहको आयोजना गरि रेग्मीले पदभार ग्रहण गर्नुभएको हो । बैद्धिक विधि पूर्वक गरिएको समारोहमा पूर्व वडा अध्यक्ष हरिप्रसाद सापकोटाले उहाँलाई न्यायिक समितिको बही हस्तान्तरण गरि पदभार ग्रहण गराउनु भएको थियो । उहाँसँगै वडाका नवनिर्वाचित सदस्यहरुले समेत जिम्मेवारी सम्हाल्नु भएको छ ।

कार्यक्रममा केही बुदाहरु सहितको निर्णय पुस्तिकामा हस्ताक्षर गरि वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मले आफ्नो ५ वर्षे कार्यकालको शुभारम्भ गर्नुभएको थियो । समारोहमा नेपाली काँग्रेस गैंडाकोट नगर समितिका सभापति बद्री सापकोटा समेतको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया