×

नवलपुर विशेष

गैँडाकोट ७ मा अध्यक्षमा नेपाली काँग्रेसका सापकोटा सहित प्यानल विजयी

गैँडाकोट ७ मा अध्यक्षमा नेपाली काँग्रेसका सापकोटा सहित प्यानल विजयी
गैँडाकोट । गैँडाकोट ७ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गैँडाकोट ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका होमनाथ सापकोटाले ७६० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका नेता लक्ष्मी चौधरीले ४२९ मत प्राप्त गर्नुभएको छ । गैँडाकोट ७ मा १४ सय १७ मत खसेको थियो । महिला वडा सदस्यमा काँग्रेसकी ईश्वरी जिसि ७७१ म्तका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी राप्रपाकी राधिका कुमालको ४ सय १५ मत रहको छ ।दलित महिला सदस्यमा काँग्रेसकी छलिमाया परियारको ७४९ मतका साथ विजयी हुनुभएको छ ।...

गैँडाकाेट वडा नं ६ काे अध्यक्षमा एमालेका चापागाई बिजयी

गैँडाकाेट वडा नं ६ काे अध्यक्षमा एमालेका चापागाई बिजयी
गैँडाकोट । नेकपा एमालेले नवलपुरको गैँडाकोट नगरपालिकामा खाता खोलेको छ ।गैँडाकोट नगरपालिका वडा नं.६ को अध्यक्षमा नेकपा एमालेका तर्फबाट उमेदवारी दिएका युवा नेता सुभाष चापागाईले जित हाँसिल गरेसँगै गैँडाकोटमा नेकपा एमालेले खाता खोलेको हो । एमाले उमेदवार चापागाईले नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षको उमेदवार बनेका दिनुराम सापकोटालाई भारी अन्तरले पराजित गरेका छन्

गैँडाकोटका निर्वाचन अधिकृत मुनाकमीद्धारा पत्रकारलाई गालीगलौज, महासंघ नवलपुरको गम्भिर आपत्ती

गैँडाकोटका निर्वाचन अधिकृत मुनाकमीद्धारा पत्रकारलाई गालीगलौज, महासंघ नवलपुरको गम्भिर आपत्ती
नवलपुर । गैँडाकोट नगरपालिकाका निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले पत्रकारहरुलाई सामाजिक सञ्जालमा गरेको गाली गलौजप्रति सर्वत्र आलोचना भएको छ । समाजिक सञ्जाल फेसबुकमा पत्रकारहरुलाई लक्षित उनले गर्दै तुच्छ शब्द प्रयोग गरेपछि उनको आलोचना भएको हो ।नेपाल पत्रकार महासंघ नवलपरासी (पुर्व), नेपाल प्रेस युनियन नवलपुुर र प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरले छुुटछुटै विज्ञेप्ति जारी गर्दै मुनाकमीले पत्रकारहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गाली गलौज गर्नु गम्भिर विषय भएको उल्लेख छ । ...

काँग्रेसकाे किल्ला भत्काउदै नवलपुरकाे बाैदीकालीमा एमाले विजयी

काँग्रेसकाे किल्ला भत्काउदै नवलपुरकाे बाैदीकालीमा एमाले विजयी
कावासोती । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवि रानालाई ४३५ मतअन्तरले पराजित गर्नुभएको हो । एमालेका ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा काङग्रेसका रानाले ३५४१ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा नेकपा एमलेकै डिल कुमारी सारु विजयी हुनुभयो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काङग्रेसकी धनकान्ती घिमिरेलाई ४५६ मतअन्तरले पराजित गर्नुभएको हो । सारुले ३ हजार ९ सय ६२ मत पा...

गैँडाकाेट १ मा एमाले र काँग्रेसविच टक्कर

गैँडाकाेट १ मा एमाले र काँग्रेसविच टक्कर
गैँडाकोट १ मा १५ सय मत गणना हुदा नेकपा एमालेले मयर पदमा ५ सय १७ मत प्राप्त गरेको छ भने नेपाली काग्रेसले ७ सय ९० मत प्राप्त गरेको छ । यस्तै वडाध्यक्षमा एमालेका उम्मेदवार धुव्र प्रसाद अधिकारीले ६ सय ७३ मत प्राप्त गर्नु भएको छ भने काग्रेसका उम्मेदवार सुरेन्द्र रेग्मीले ७ सय १० मत प्राप्त गर्नु भएको छ । पछिल्लो मतगणनामा वडाध्यक्षमा काँग्रेसले अग्रता लिईरहेको छ । यस अघि १२ सय मत गणना हुदा एमालेका अधिकारीले अग्रता लिनु भएको थियो ।

गैँडाकोट १ मा नेकपा एमालेलाई अग्रता

गैँडाकोट १ मा नेकपा एमालेलाई अग्रता
गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ मा एमाले उमेदवार ध्रुव अधिकारीको अग्रता सुरु भएको छ । कुल मतको ९०० गणना गर्दा वडा अध्यक्ष पदका एमाले उमेदवार अधिकारीलाई ४३६ र नेपाली काँग्रेस सहित पाँचदलीय गठबन्धनका तर्फका उमेदवार सुरेन्द्र रेग्मीलाई ४०१ मत प्राप्त भएको छ । गैँडाकोट १ बाट मेयर पदका उमेदवार छत्रराज पौडेललाई ३५० मत प्राप्त भएको छ भने पाँचदलीय गठबन्धनका उमेदवार मदनभक्त अधिकारीको ४३७ मत प्राप्त भएको छ । यो खबर ९०० मत गणना हुँदा तयार गरिएको हो ।

गैँडाकोटमा काँग्रेसले खाता खोल्यो, प्यानल नै विजयी

गैँडाकोटमा काँग्रेसले खाता खोल्यो, प्यानल नै विजयी
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैँडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी हुनुभएको छ । यहाँ नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । महिला सदस्यमा पुनः टेकमाया सोती, दलित महिला सदस्यमा तारामाया विश्वकर्मा, खुल्ला सदस्यमा कर्णबहादुर माकिम मगर र चमबहादुर सुनारी विजयी हुनुभएको छ । विजयी भएको औपचारिक घोषणा हुन बाँकी रहेको छ । यहाँबाट वडा अध्यक्षमा नेकपा एमालेको समर्थनमा मंगोल नेशनल अर्गनाईजेसनबाट चु...

गैँडाकाेटमा मतगणना जारी, मेयर उपमेयर र वडाअध्यक्षमा काँग्रेसकाे अग्रता

गैँडाकाेटमा मतगणना जारी, मेयर उपमेयर र वडाअध्यक्षमा काँग्रेसकाे अग्रता
गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं। १ मा नेपाली काँग्रेस पार्टीले लिड गरेको छ ।वडामा ६०० मतपत्र गणना गर्दा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार मदनभक्त अधिकारीले३२४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेलले २१० मतप्राप्त गर्नुभएको छ । यसै गरि यो वडाबाट नेकाका उपमेयर पदका उम्मेदवार शान्ति कोइरालाले३०६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका उम्मेदवार तुलाराम पौडेलले ७१ मत प्राप्त गर्नुभएको छ ।यो वडाबाट वडा अध्यक्षमा नेकाका सुरेन्द्र रेग्मीले ...

गैँडाकोटमा पत्रकारलाई मतगणनास्थलबाट समाचार संकलन गर्न रोक : पत्रकार महासंघकाे आपत्ती

गैँडाकोटमा पत्रकारलाई मतगणनास्थलबाट समाचार संकलन गर्न रोक : पत्रकार महासंघकाे आपत्ती
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकाा सुरु भएको मतगणनाको समाचार संकलन गर्नबाट पत्रकारहरु बन्चित भएका छन् । गैँडाकोट नगरपालिका कार्यालयमा विहान ३ वजे सुरु भएको मतगणनाको समाचार संकलनका लागि पुगेका पत्रकारहरु माथि समाचार संकलन गर्न रोक लगाइएको हो । गैँडाकोट नगरपालिकाका निर्वाचन अधिकृत दिपशीखा मुनाकमीको निर्देशनमा पत्रकारहरुलाई मतगणनास्थलसम्म जाने र प्रत्यक्ष समचार प्रवाह गर्नबाट रोक लगाइएको रेडियो संकेतका स्टेशन म्यानेजर सुजन अधिकारीले जनाकारी दिए ।गेटमा रहेका प्र...