×

नवलपुर विशेष

गैँडाकोट सहित नवलपुरका विभिन्न स्थानमा नक्कली सुन बेच्ने २ जना पक्राउ

गैँडाकोट सहित नवलपुरका विभिन्न स्थानमा नक्कली सुन बेच्ने २ जना पक्राउ
नवलपुर । नवलपुरमा नक्कली सुन बेच्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरप्रदेश गोरखपुर घर भएका ३९ वर्षका रामप्रकाश चौधरी र भारत विहार घर भएका २४ वर्षका रुदीपक कुमार जैसवाल रहेको प्रहरीले जनाएको छ । नवलपुरको गैँडाकोट, दलदले, कावासोती र डण्डा बजारमा रहेका सुनचाँदी पसलहरुमा सुन जस्तो देखिने पँहेलो धातुबाट बनेका नक्कली गरगहनाहरु बिक्री गरि ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनिहरुको खोजतलास सुरु गरेको थियो ।पक्राउ परेका दुवैजनलाई अदालतबाट ...

गठवन्धनलाई हराउँदै नवलपुरमा एमाले बन्यो पहिलो पार्टी

गठवन्धनलाई हराउँदै नवलपुरमा एमाले बन्यो पहिलो पार्टी
गैँडाकोट । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नवलपुरमा नेकपा एमालेले ठुलो सफलता प्राप्त गरेको छ । जिल्लामा स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेकपा एमाले नवलपुरको सबैभन्दा ठुलो दल बन्न सफल भएको छ ।नवलपुरका आठ स्थानीय तहहरु मध्ये ६ वटा स्थानीय तहमा नेकपा एमालेले विजयी हाँसिल गरेको छ । जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका, विनयीत्रिवेणी गाउँपालिका र बौदीकाली गाउँपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको ...

मध्यविन्दुमा प्रमुख – उपप्रमुखमा एमाले विजयी

मध्यविन्दुमा प्रमुख – उपप्रमुखमा एमाले विजयी
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा प्रमुख , उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका भिमलाल अधिकारी र उपप्रमुखमा पुर्णकला चौधरी विजयी हुनुभएको हो । अधिकारीले काङ्ग्रेसका उम्मेदवार सुर्य गुरुङलाई १५६७ को फराकिलो मतान्तरले पराजित गर्नुभयो । अधिकारीले १६२१२ र गुरुङले १४६४५ मत पाउनुभयो । यस्तै उपप्रमुखमा एमालेकि चौधरीले १५४१ मतान्तरले काङ्ग्रेसकि टीका कुमारी महतोलाई पराजित गर्नुभएको छ । चौधरीले १६१०५ र महतोले १४५६४ मत पाउनुभयो ।

एमालेका केन्द्र, जिल्ला तथा प्रदेशका नेताहरु बस्ने वडामै उमेदवारहरु पराजित

एमालेका केन्द्र, जिल्ला  तथा प्रदेशका नेताहरु बस्ने वडामै उमेदवारहरु पराजित
गैँडाकोट । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत गैँडाकोट नगरपालिकामा रहेका नेकपा एमालेका शिर्ष नेताहरु बसोबास गर्ने वडाहरुमै नेकपा एमालेका उमेदवारहरु पराजित भएका छन् ।गैँडाकोट नगरपालिका वडा नं. १, २, ४, र ८ मा नेकपा एमालेका केन्द्र देखि प्रदेश तथा जिल्ला स्तरका नेकपा एमालेका नेताहरुको बसोबास छ । नेताहरु रहेका यीनै वडाहरुमा नेकपा एमालेका उमेदवारहरुले विजयी हाँसील गर्न सकेनन् । गैँडाकोट नगरपालिका वडा नं. १ मा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेल , नग...

गैंडाकोटको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

गैंडाकोटको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी
गैंडाकोट । गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा एमालेका पौडेलले नेपाली कांग्रेसलाई पछी पार्दै नगर प्रमुख पदमा बाजि मारेका थिए । त्यस्तै नगरको उपप्रमुखमा पनि नेपाली कांग्रेसकी शान्ति कोइराला निर्वाचित भएकी छन् । कोइरालाले र...

एमाले गैँडाकोट २ का अध्यक्ष भूषालद्धारा पदबाट राजिनामा

एमाले गैँडाकोट २ का अध्यक्ष भूषालद्धारा पदबाट राजिनामा
गैँडाकोट । नेकपा एमाले गैँडाकोट २ का अध्यक्ष भूूमिश्वर भूषाल (राजु)ले पदबाट राजिनामा दिनुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदका उमेदवार देशबन्दु सिग्देल सहित अन्य सदस्यहरुले बिजयी हुन नसकेपछि भूषालले राजिनामा दिनुभएको हो । नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछानेलाई भूषालले बुझाउनु भएको राजिनामा पत्रमा पञ्चायत कालदेखि अहिलेसम्म जनपक्षिय तथा कम्युनिष्ट उमेदवारहरुले विजयी हाँसिल गरेको वडामा आएको मतपरिणामको उल्टो नतिजाले ...

गैँडाकोट ९ को अध्यक्षमा काँग्रेसका धामनाथ सापकोटा विजयी

गैँडाकोट ९ को अध्यक्षमा काँग्रेसका धामनाथ सापकोटा विजयी
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ९ को अध्यक्षमा युवा नेता धामनाथ सापकोटा विजयी हुनुभएको छ । नेपाली काँग्रेसका युवा नेता सापकोटा सहित ९ को वडा सदस्यहरुमा समेत नेपाली काँग्रेसकै उमेदवारहरु विजयी भएका छन् । युवा नेता सापकोटाले नेकपा एमालेको तर्फबाट उमेदवारी दिएका अध्यक्ष पदका उमेदवार नेत्रराज सापकोटा लाई पराजित गर्नुभएको हो । यस अघि नेकपा एमालेले जितेको गैँडाकोट ९ मा नेपाली काँग्रेसले बाजी मारेको हाे ।

गैँडाकोट ७ मा अध्यक्षमा नेपाली काँग्रेसका सापकोटा सहित प्यानल विजयी

गैँडाकोट ७ मा अध्यक्षमा नेपाली काँग्रेसका सापकोटा सहित प्यानल विजयी
गैँडाकोट । गैँडाकोट ७ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गैँडाकोट ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका होमनाथ सापकोटाले ७६० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका नेता लक्ष्मी चौधरीले ४२९ मत प्राप्त गर्नुभएको छ । गैँडाकोट ७ मा १४ सय १७ मत खसेको थियो । महिला वडा सदस्यमा काँग्रेसकी ईश्वरी जिसि ७७१ म्तका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी राप्रपाकी राधिका कुमालको ४ सय १५ मत रहको छ ।दलित महिला सदस्यमा काँग्रेसकी छलिमाया परियारको ७४९ मतका साथ विजयी हुनुभएको छ ।...

गैँडाकाेट वडा नं ६ काे अध्यक्षमा एमालेका चापागाई बिजयी

गैँडाकाेट वडा नं ६ काे अध्यक्षमा एमालेका चापागाई बिजयी
गैँडाकोट । नेकपा एमालेले नवलपुरको गैँडाकोट नगरपालिकामा खाता खोलेको छ ।गैँडाकोट नगरपालिका वडा नं.६ को अध्यक्षमा नेकपा एमालेका तर्फबाट उमेदवारी दिएका युवा नेता सुभाष चापागाईले जित हाँसिल गरेसँगै गैँडाकोटमा नेकपा एमालेले खाता खोलेको हो । एमाले उमेदवार चापागाईले नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षको उमेदवार बनेका दिनुराम सापकोटालाई भारी अन्तरले पराजित गरेका छन्