
गैँडाकोट । नेकपा एमाले गैँडाकोट २ का अध्यक्ष भूूमिश्वर भूषाल (राजु)ले पदबाट राजिनामा दिनुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदका उमेदवार देशबन्दु सिग्देल सहित अन्य सदस्यहरुले बिजयी हुन नसकेपछि भूषालले राजिनामा दिनुभएको हो ।
नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछानेलाई भूषालले बुझाउनु भएको राजिनामा पत्रमा पञ्चायत कालदेखि अहिलेसम्म जनपक्षिय तथा कम्युनिष्ट उमेदवारहरुले विजयी हाँसिल गरेको वडामा आएको मतपरिणामको उल्टो नतिजाले पार्टि शुभेच्छुक तथा सबै कार्यकर्तालाई दुखित तुल्याएको उल्लेख छ ।
आफु अध्यक्ष रहेको अवस्थामा नराम्रो हार व्यहोर्नु परेको हुँदा पार्टीको जिम्मेबारीमा बसेर काम गर्न नैतिक रुपमा समेत आधार नदेखिएकोले वडाअध्यक्षको जिम्मेवारीवाट राजिनामा दिएको भूषालले बुझाउनुभएको राजिनामा पत्रमा उल्लेख छ ।