गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ९ को अध्यक्षमा युवा नेता धामनाथ सापकोटा विजयी हुनुभएको छ । नेपाली काँग्रेसका युवा नेता सापकोटा सहित ९ को वडा सदस्यहरुमा समेत नेपाली काँग्रेसकै उमेदवारहरु विजयी भएका छन् ।
युवा नेता सापकोटाले नेकपा एमालेको तर्फबाट उमेदवारी दिएका अध्यक्ष पदका उमेदवार नेत्रराज सापकोटा लाई पराजित गर्नुभएको हो । यस अघि नेकपा एमालेले जितेको गैँडाकोट ९ मा नेपाली काँग्रेसले बाजी मारेको हाे ।

तपाईको प्रतिक्रिया