नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा प्रमुख , उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका भिमलाल अधिकारी र उपप्रमुखमा पुर्णकला चौधरी विजयी हुनुभएको हो । अधिकारीले काङ्ग्रेसका उम्मेदवार सुर्य गुरुङलाई १५६७ को फराकिलो मतान्तरले पराजित गर्नुभयो ।

अधिकारीले १६२१२ र गुरुङले १४६४५ मत पाउनुभयो । यस्तै उपप्रमुखमा एमालेकि चौधरीले १५४१ मतान्तरले काङ्ग्रेसकि टीका कुमारी महतोलाई पराजित गर्नुभएको छ । चौधरीले १६१०५ र महतोले १४५६४ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया