गैँडाकोट । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत गैँडाकोट नगरपालिकामा रहेका नेकपा एमालेका शिर्ष नेताहरु बसोबास गर्ने वडाहरुमै नेकपा एमालेका उमेदवारहरु पराजित भएका छन् ।गैँडाकोट नगरपालिका वडा नं. १, २, ४, र ८ मा नेकपा एमालेका केन्द्र देखि प्रदेश तथा जिल्ला स्तरका नेकपा एमालेका नेताहरुको बसोबास छ । नेताहरु रहेका यीनै वडाहरुमा नेकपा एमालेका उमेदवारहरुले विजयी हाँसील गर्न सकेनन् ।
गैँडाकोट नगरपालिका वडा नं. १ मा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेल , नगर अध्यक्ष षडानन्द लामिछाने, जिल्ला सदस्यहरु गिरीराज उपाध्याय तथा आशिष बिसीको बसोबास छ । त्यसैगरी वडा नं. २ मा पार्टीका नेता तथा गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे,ज्ञानहरी पौडेल, धनबहादुर पौडेल लगायतका नेताहरु छन् भने निर्वतमान वडा अध्यक्ष ध्रुवराम पौडेल समेत वडा नं. २ मै छन् ।
त्यसैगरी वडा नं. ४ मा नेकपा एमालेका जिल्ला सदस्य दिनेशराज न्यौपाने रहेका छन् उनि ४ नं. वडामा वडाअध्यक्षको रुपमा प्रतिष्पर्धामा समेत थिए । त्यसैगरी नगरको वडा नं. ८ मा जिल्ला कमिटी सदस्य तथा नेता गोपाल गौतम सहितका पुराना नेताहरु छन् । गैँडाकोट ८ विगतमा एमोलेले जितेको वडा समेत हो ।
देशब्यापी रुपमा नेकपा एमाले विरुद्ध पाँचदलीय गठबन्धन एक भएर चुुनावी मैदानमा होमिएको भएपनि पार्टिका जिम्मेबार नेताहरु रहेको वडामा पार्टि कमजोर देखिएको भन्दै कार्यकताहरुले गुनासो गरेका छन् ।केन्द्र जिल्ला तथा प्रदेशका भुमिकामा रहेका नेताहरु उमेदवारहरुलाई लिएर चुनावको हरेक दिन घरदैलोमा नगएका कारण समेत एमालेले सफलता हाँसिल गर्न नसकेको होकि भन्ने प्रश्न उब्जिएको छ ।
कतिपय वडाहरुमा नेताहरुको दौडधुप तथा सकृयता अधिक देखिनुपर्नेमा सो नभएको भन्दै कार्यकर्ताहरुमा आशंका छाएको छ ।
स्थानीय तहको निर्वाचन पछि कार्यकर्ताहरुमा देखिएको निरासा र चुनावी परिणाम बारे समिक्षा गर्न नेतृत्वले ढिलाई नगर्ने कि ?



उज्यालो खबर




