चितवनमा सशस्त्र प्रहरीका दुई बिओपी स्थापना
भरतपुर ।चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि थप दुई बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बिओपी थपेको हो ।
माडी नगरपालिका–९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा स्थापना गरिएका बिओपीको आज एक कार्यक्रमकाबीच उद्घाटन गरियो । सशस्त्र बल नम्बर तीन गढिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिओपीको उद्घाटन गर्दै आगामी दिनमा स...


