भरतपुर महानगरद्धारा बजार अनुगमनमा तिब्रता
चितवन । भरतपुर महानगरले बजार अनुगमनमा तिब्रता दिएको छ । महानगरले हरेक दिन बजारका पसल तथा फर्महरुमा पुगेर नियमित अनुगमन गरी दोषी देखिएकोलाई कारबाही गर्ने गरेको छ ।
चाडपर्व नजिकिएसँगै बजारमा महँगी तथा कालोबजारी बढेको जनगुनासो आएपछि महानगरले महानगरका राजस्व शाखा प्रमुख वरिष्ठ अधिकृत बिशुराम कुँवर को नेतृत्वमा सर्वपक्षीय टोली गठन गरी नियमित बजार अनुगमन गरिरहेको छ । महानगरले बजारमा खाद्य, माछा, मासु तथा अरु सर्वसाधारणले बढी खपत गर्ने बस्तुहरुको बिक्री केन्द्रमा अनुगमन गरिरहेको ...


