Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा चितवनका ५५ सहित ६८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रयोगशालाका अनुसार भरतपुरका १९ महिला र २४ पुरुष गरि ४३ जना, रत्ननगरका ५ महिला र २ पुरुष गरि ७ जना, कालिकाका ३ पुरुष, खैरहनीका १ पुरुष र ईच्छाकामनाका १ महिला गरि ५५ जना रहेका छन । त्यस्तै अन्य संक्रमित हुनेहरुमा गोरखा १ महिला, तनहुँ १ पुरुष, मकवानपुर १ महिला १ पुरुष, नवलपुर २ महिला ४ पुरुष ,रुपन्देहि १ महिला र सुर्खेतका १ पुरुष समेत गरि ६८ जना संक्रमित भएका हुन ।

संक्रमितहरु १ दिने बालकदेखि ८५ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ । एक दिने बालक भरतपुर ३ का हुन ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका २८१ नमुनाको परिक्षण गर्दा २१३ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ६८ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया