Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा आज शुक्रबार मृतावस्थामा गैँडा फेला परेको हो । गैँडा एक÷दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उहाँले बताउनुभयो ।

गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया