
चितवन । राष्ट्रिय युवा संघ नेपालले जिल्ला इन्चार्ज र सह इन्चार्जको टुङ्गाएको छ । लामो समयसम्म जिम्मेवारी बाँडफाँड नहुँदा संगठनले काममा गती लिन सकेको थिएन । राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले सर्वसम्मत निर्णय गरेर संयुक्त रुपमा हस्ताक्षर गरेर परिपत्र जारी गर्दै जिम्मेवारी बाँडफाँड गरेका हुन् । यसले संगठनलाई गतिशील बनाउने र संगठनमा रक्तसञ्चार हुने राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
जिम्मेवारी अनुसार चितवनको ईन्चार्जमा प्रताप डल्लाकोटी र सहईन्चार्जमा सन्तोष पनेरु तोकिएका छन । डल्लाकोटी साविक यूवासंघ नेपालका नेता हुन भने पनेरु वाईसिएल नेपालका नेता हुन । त्यसैगरी जिल्लाको संयोजकमा मोदनाथ न्यौपाने र सहसंयोजकमा संजिव लामिछाने तोकिएका छन । न्यौपाने साविक वाईसिएल नेपाल र लामिछाने साविक युवासंघ नेपालका नेता हुन ।
यता नवलपुरको ईन्चार्जमा बलराम घर्ती र सहईन्चार्जमा बाबुराम पाण्डे तोकिएका छन । घर्ति वाइसिएल नेपाल र पाण्डे युवासंघ नेपालका नेता हुन । त्यसैगरी जिल्लाको संयोजकमा कृष्ण कंडेल र सहसंयोजकमा चन्द्र रानाभाट तोकिएका छन । कंडेल साविक युवासंघ र रानाभाट साविक वाइसिएलका नेता हुन ।