×

चितवन सेरोफेरो

भरतपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुरमा कोरोना संक्रमित महिलाको मृत्यु
चितवन । चितवन मेडिकल कलेज भरतपुरमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० घर भएकी ७५ वर्षीया वृद्धाको आज विहान मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो । स्वासप्रश्वासमा समस्या भै यहि २२ गते भर्ना भएकी उनमा २३ गते कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । उच्च रक्तचाप, दम र मधुमेहको समेत विरामी रहेकी उनको शघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको हो ।

मनकामना अस्पतालको लापरवाहीः एकैदिन तीन शिशुको ज्यान गयो

मनकामना अस्पतालको लापरवाहीः एकैदिन तीन शिशुको ज्यान गयो
चितवन । रत्ननगर नगरपालिका–१ की कमला सापकोटा असोज २१ गते निकै खुशी थिइन् । कान्छो सन्तानको रुपमा छोराको जन्म भएपछि खुशी नहुने कुरै रहेन । तर उनको खुशी एक साता नबित्दै दुःखमा परिणत भयो । आफ्नो काखमा राम्रोसंग राख्न नपाई छोरालाई यो सुन्दर संसारबाट गुमाउनु पर्‍यो । भरतपुर–१० स्थित मनकामना अस्पतालको लापरवाहीले तीन दिनको शिशुलाई गुमाउन पर्‍यो । साउन २१ गते राति पेट दुखेपछि उनलाई तत्कालै मनकामना अस्पताल पुर्‍याईएको थियो । अन्य अस्पतालमा कोरोनाको जोखिम देखेर मनकामना अस्पताल पुर्‍य...

स्तन क्यान्सरबारे सचेतना फैलाउँदै लायन्स क्लव

स्तन क्यान्सरबारे सचेतना फैलाउँदै लायन्स क्लव
  भरतपुर । बढ्दो स्तन क्यान्सर न्युनिकरणका लागि लायन्स क्लबले स्तन क्यान्सरबारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । मानविय तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आईरहेका लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर सम्वृद्धिले शनिबार भरतपुर १० र ११ मा स्तन क्यान्सरबारे चेतनामुलक कार्यक्रम गरेका हो । अक्टोबर महिनालाई संसारभरी नै स्तन क्यान्सरबारे सचेतना महिनाका रुपमा समेत मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २१ लाख भन्दा वढि...

चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि,रूपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि,रूपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु
चितवन । चितवनका २५ सहित थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका ६० वर्षीय एक पुरूष, र डोटीका ४१ वर्षीय पुरूष छन् । भरतपुर अस्पतालका अनुसार भरतपुरका १२ पुरूष र ३ वर्षीया बालिकासहित ५ महिलामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले दिएको जानकारी अनुसार खैरहनीका २ पुरूष र २ महिला, राप...

सीएमसीका अधिकांश कर्मचारीमा काेराेना संक्रमण, काेभिड आईसीयू पनि भरियाे

सीएमसीका  अधिकांश कर्मचारीमा काेराेना संक्रमण, काेभिड आईसीयू पनि भरियाे
भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत अधिकांश कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले अस्पतालका धेरैजसाे कर्मचारीहरू काेराेना संक्रमित भई आइसाेलेसनमा रहेकाे जानकारी दिए । उनले अस्पतालले तयार पारेकाे ५९ बेडकाे काेभिड आईसीयू समेत भरिएकाे बताए । उनले भने ‘यस विषम अवस्थामा अब आउँने नयॉं विरामीहरूलाई पर्न जाने असुविधाका लागि हामी क्षमा प्रार्थी छौं।’ अस्पतालका अधिकांश स्वास्थ्यकर्मी काेरा...

चितवन कांग्रेसका नेता पौडेललाई कोरोना संक्रमण

चितवन कांग्रेसका नेता पौडेललाई कोरोना संक्रमण
काठमाडौं । नेपाली कांग्रेस चितवनका सदस्य युबा नेता नबीनराज पौडेललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण देखिएसँगै उनी काठमाडौंको रानीबन स्थित निवासमा ‘होम आइसोलेसन’ मा बसेका छन् । युबा नेता पौडेललाई केन्द्रीय डायग्नोस्टिक प्रयोगशाला तथा अनुसंधान केन्द्रमा स्वाब परिक्षण गर्दा आज कोरोनाको पोजेटिभ रिपोर्ट आएको पारिवारिक स्रोतले जनाएको छ ।उनको केही सम्पर्क ब्यक्तीमा संक्रमण देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । चितवन कांग्रेसका सदस्य पौडेलले कोरोन...

चितवनमा कोरोनावाट थप २ को मृत्यु

चितवनमा कोरोनावाट थप २ को मृत्यु
  चितवन । चितवनमा आज साँझ थप दुई  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो । आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषक...

सीएमसीमा गरिएको परिक्षणमा थप ७५ जनामा कोरोना संक्रमण

सीएमसीमा गरिएको परिक्षणमा थप ७५ जनामा कोरोना संक्रमण
भरतपुर । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ४७ पुरुष र २८ महिला गरि थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३० पुरुष र १९ महिला गरि ४९ जना, रत्ननगरका १ पुरुष र ४ महिला गरि ५ जना ,खैरहनि र राप्तीका १÷१ पुरुष, रहेका छन । अन्य संक्रमित हुनेहरुमा नवलपुरका ९ पुरुष २ गरि ११ जना, नवलपरासीका १ पुरुष ,तनहुँका १ महिला, गोरखाका १ पुरुष ,मकवानपुरका १ महिला र १ पुरुष ,काठमाडौका १ पुरुष ,प्युठानका १ पुरुष...

चितवनमा एउटै खोरका ६ हजार कुखुरा मरे

चितवनमा एउटै खोरका ६ हजार कुखुरा मरे
चितवन । चितवनको केसरबागमा ‘एभियन इन्फ्लूएन्जा एच ९’ को संक्रमणबाट एउटै खोरका ६ हजार बढी कुखुरा मरेका छन्।भरतपुर-६ स्थित खगराज पाठकको खोरमा रहेका कुखुरा आइतबारदेखि मर्न थालेका थिए। काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा कुखुरामा एभियन इन्फ्लूएन्जा–एच ९ भाइरसको संक्रमण देखिएको हो। भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा शंकास्पद देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको थियो। केन्द्रीय प्रयोगशाला...