चितवनमा थप ४९ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा थप ४९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ र मकवानपुर, नवलपरासीका ३ जनासहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ जना रहेका छन् । जसमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् । उनीहरु २२ देखि ७२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटल, जयबुद्ध अस्पताल र क्वारेन्...


