Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर ।

इच्छाकामना गाँउपालिका ६ कुयालघारीमा पहिलोपटक विजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । विजुली बलेसंगै आजदेखि कुयलघारीका ८७ घर उज्यालो भएका छन । ३१ लाखको लागतमा ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तर्गत गाँउमा विजुली बत्ती बालिएको हो । सो ठाँउमा कोरोना कहरका विच पनि विधुतिकरणको काम तीब्र पारिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहनत पूरा भएको बताउनुभयो । उहाँले अर्को बर्ष भित्र इच्छाकामना गाँउपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार इच्छाकामना गाँउपालिकामा विद्युतीकरणका लागि केन्द्रिय सरकारले १२ करोड बजेट विनियोजन गरेको छ ।
इच्छाकामना गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङले बर्षौंदेखिको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै गाँउमा थप आयआर्जनको बाटो खुलेको बताउनुभयो । उहाँले आधामारा, तिनबाङ र बारसीभन्ज्याङमा विजुली बत्ती बलिसकेको जानकारी दिनुभयो । अझै चार गाँउमा बत्ती बल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
गाँउमा पहिलोपटक बत्ती बलेपछि स्थानिय खुसी भएका छन ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले विजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफुहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताउनुभयो । सो ठाँउमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया