×

चितवन । चितवनमा  थप ४९ जनामा कोरोना भाइरस  कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ र मकवानपुर, नवलपरासीका ३ जनासहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ जना रहेका छन् । जसमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् । उनीहरु २२ देखि ७२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटल, जयबुद्ध अस्पताल र क्वारेन्टिनबाट स्वाब लिइएको हो ।

यस्तै खैरहनी नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् । उनीहरु १४ देखि ६१ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै माडी नगरपालिकाका ५ जना पुरुष र एक महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो । त्यस्तै रत्ननगर नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २३ देखि ३२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यसैगरी कालिका नगरपालिकाका १ जना पुरुष र राप्ती नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा–८ का १ पुरुष र नवलपरासी पूर्व गैंडाकोटका २ पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया