×

भरतपुर । चितवनमा कोरोना भाइरस कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रुपन्देही जिल्लाको तिलोत्तमा–१५ की ३५ वर्षीया महिलाको आज  सोमबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भइ ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन् । असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि चितवन ल्याईएको थियो ।उनको कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया