चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । उनको कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो ।
चितवनमा पहिलोपटक कोरोनबाट जनप्रतिनिधिको मृत्यु भएको हो ।अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।