×

चितवन । चितवनमा आज साँझ थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा उपचाररत४० वर्षीया बेवारिसे महिलाको आज बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ ती महिला अस्पताल भर्ना भएकी थिइन् ।
उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप जटिलता आउन थालेपछि उनलाई सोही दिनदेखि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । योसहित आज कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया