Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर । जिल्लाको खैरहनी नगरपालिका वडा नं. १२ का ४९ वर्षिय कोरोना संक्रमित पुरुषको निधन भएको छ । असोज २८ गते संक्रमण पुष्टि भई आईसोलेसनमा रहेका उनीको शनिबार बिहान १ः४५ बजेको समयमा निधन भएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार असोज २८ गते संक्रमण भई आईसोलेसनमा रहेका उनी असोज ३० गते अस्पताल भर्ना भएका थिए । खोकी र श्वासप्रश्वासमा समस्या रहेका उनमा क्यान्सर रोगको समेत उपचार भईरहेको जनाईएको छ । भेन्टिलेटरमा राखी उपचार गराईरहेको समयमा उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया