×

काठमाडौं । नेपाली कांग्रेस चितवनका सदस्य युबा नेता नबीनराज पौडेललाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएसँगै उनी काठमाडौंको रानीबन स्थित निवासमा ‘होम आइसोलेसन’ मा बसेका छन् । युबा नेता पौडेललाई केन्द्रीय डायग्नोस्टिक प्रयोगशाला तथा अनुसंधान केन्द्रमा स्वाब परिक्षण गर्दा आज कोरोनाको पोजेटिभ रिपोर्ट आएको पारिवारिक स्रोतले जनाएको छ ।उनको केही सम्पर्क ब्यक्तीमा संक्रमण देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।
चितवन कांग्रेसका सदस्य पौडेलले कोरोना पुष्टि गर्दै सामाजिक सन्जाल फेसबुकमा भनेका छन् मलाई कोभिड-१९ संक्रमण पुष्टि भएकाले म सँगै सम्पर्क हुनुहुने सबै सतर्क रहनुस् ।”प्रोफेशनल मिडिया ग्रुपका अध्यक्ष समेत रहेका पौडेलले कोरोनालाई जित्न सफल हुने विश्वाश लिएका छन्

तपाईको प्रतिक्रिया