×

चितवन । रत्ननगर नगरपालिका–१ की कमला सापकोटा असोज २१ गते निकै खुशी थिइन् । कान्छो सन्तानको रुपमा छोराको जन्म भएपछि खुशी नहुने कुरै रहेन । तर उनको खुशी एक साता नबित्दै दुःखमा परिणत भयो । आफ्नो काखमा राम्रोसंग राख्न नपाई छोरालाई यो सुन्दर संसारबाट गुमाउनु पर्‍यो । भरतपुर–१० स्थित मनकामना अस्पतालको लापरवाहीले तीन दिनको शिशुलाई गुमाउन पर्‍यो ।

साउन २१ गते राति पेट दुखेपछि उनलाई तत्कालै मनकामना अस्पताल पुर्‍याईएको थियो । अन्य अस्पतालमा कोरोनाको जोखिम देखेर मनकामना अस्पताल पुर्‍याउँदा नवजात शिशुलाई संसारबाट बिदा गर्नुपर्‍यो । अस्पताल पुर्‍याएको राति १ः४५ बजेको समयमा शल्यक्रियाबाट शिशुको जन्म भएको थियो । डा।बसन्त शर्माले शल्यक्रिया गरेका थिए । बच्चा निकाल्दा निकै स्वस्थ रहेको भन्दै उनले केही घण्टामै बच्चालाई घर लैजान सक्ने आफन्तलाई सुझाए । तर त्यसका लागि समय अगावै बच्चा निकालिएकोले केही समेत एनआइसीयू ९बच्चालाई राख्ने सघन कक्ष० राख्नुपर्ने भनेपछि आफन्तले सोही अनुरुप बच्चालाई एनआइसीयूमा राखे । तर त्यसदिनदेखि बच्चालाई देख्न नपाएका आफन्तले अन्तिम अवस्थामा पुगेपछि बल्ल चिकित्सकले बच्चालाई बचाउन नसकिने जानकारी गराएपछि उनीहरु छाँगाबाट खसेजस्तै भए ।

कमलाका भाई विकास सापकोटाले भने–‘एनआइसीयूमा राखेदेखि हामीलाई बच्चाको बारेमा केही पनि भनेनन्, उपचार भइरहेको छ, ठिक हुन्छ मात्रै भने, अन्तिममा आएर अवस्था गम्भिर भएको जानकारी पायौं ।’ उनले थपे–‘मैले अन्तिममा पनि हाम्रो बच्चाको अवस्था के छ भनेर सोध्दा भन्न मिल्दैन भनेर सबै पन्छिए, म घर पुगेको १० मिनेटपछि जानकारी आयो बच्चालाई बचाउन सकिने अवस्था छैन भनेर ।’
बच्चाको उपचारमा खटिएका चिकित्सक निश्चिल मास्केले बच्चाको अवस्था जटिल रहेको जानकारी गराउँदै अन्य ठाउँ लान सकिने सुझाएपछि आफन्तले राति नै रिफर मागेर चितवन मेडिकल कलेज पु¥याएका थिए । १०ः३० बजे सिएमसी पु¥याएपछि शिशुको राति १ बजे मृत्यु भएको थियो ।

सिएमसीका चिकित्सकले बच्चालाई चढाईको औषधि र अवस्था बारे जानकारी गराएपछि बल्ल आफन्तले थाहा पाएका थिए । सापकोटाले भने–‘सिएमसीमा गएपछि बल्ल चिकित्सकले मुटुको औषधिदेखि सबै प्रकारको औषधि चढाइएको जानकारी गरायो, बच्चालाई निमोनियादेखि अन्य संक्रमण रहेको खबर पायौं, यो मनकामनाले चढाएको हाई डोज औषधिको कारण हो ।’

उनले सामान्य अवस्थमा जन्मिएको बच्चाको अवस्था यस्तो हुनु अस्पतालको लापरवाही भएको आरोप लगाए । उनले शिशुको शरीर पुरै रातो, पहेलो र अर्के रंगको देखिएको बताए । हामीले प्राप्त गरेको तस्विरमा समेत त्यही अवस्था देखिन्छ । मनकामना अस्पतालले सुरुदेखि नै बच्चाको अवस्था लुकाएर गम्भिर खेलवाड गरेको सापकोटाले बताए । उनले भने–‘बिरामीको हरेक अवस्था बारे आफन्तले समयमै जानकारी पाउँछन्, तर हामीलाई कुनै जानकारी दिइएन ।’

यी शिशुको मृत्यु भएकै दिन पनि मनकामना अस्पतालमा भर्खर जन्मिएका दुई शिशुको मृत्यु भएको स्रोतले बताएको छ । एउटा शिशुको बिहानी समय र एउटाको दिउँसोको समयमा मृत्यु भएपछि चिकित्सकहरुले राति मात्रै सापकोटा परिवारलाई बोलाएर शिशुको अवस्था जटिल रहेको सुनाएको थियो । जतिबेला अस्पतालमा दुई शिशुको मृत्युले खैलाबैला मच्चिएको थियो ।

यता अस्पतालका चिकित्सक निश्चल मास्केले शिशुहरुमा रगतको संक्रमण, श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको दावी गरे । उनले भने–‘समय नपुग्दै जन्मिएको विभिन्न समस्या देखिन्छ, एउटा शिशुमा रगतको संक्रमण र अरुमा श्वासप्रश्वासको समस्या हुँदा बचाउन सकिएन ।’

उनले बच्चाको अवस्था बारे सापकोटा परिवारलाई जानकारी गराएको र उनीहरुको आग्रहमा सिएमसी रिफरल गरिएको दावी समेत गरे । तर उनको दावीलाई मृतक शिशुको परिवारले खण्डन गरेको छ । अस्पतालले नै अन्यत्र लान भनेपछि सिएमसी लगिएको बताएको छ । आफन्त विकास सापकोटाले भने–‘काठमाडौं लान सम्भव छैन, नजिककै अवस्था लैजानुहोस् भनेपछि हामी सिएमसी लगेका हौं ।’

तपाईको प्रतिक्रिया