Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ४७ पुरुष र २८ महिला गरि थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३० पुरुष र १९ महिला गरि ४९ जना, रत्ननगरका १ पुरुष र ४ महिला गरि ५ जना ,खैरहनि र राप्तीका १÷१ पुरुष, रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा नवलपुरका ९ पुरुष २ गरि ११ जना, नवलपरासीका १ पुरुष ,तनहुँका १ महिला, गोरखाका १ पुरुष ,मकवानपुरका १ महिला र १ पुरुष ,काठमाडौका १ पुरुष ,प्युठानका १ पुरुष र पर्साका १ महिला समेत गरि जम्मा ७५ जना रहेका छन ।

संक्रमितहरु ११ देखि ८० बर्ष सम्मका रहेका छन । जसमध्ये ५६ जना चितवनका मात्र हुन ।
परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।

सोमबार परिक्षण गरिएका २८२ वटा नमूना मध्ये २०७ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ७५ वटा नमुनाको पोजेटिभ आएको हो ।

तपाईको प्रतिक्रिया