×

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० घर भएकी ७५ वर्षीया वृद्धाको आज विहान मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो ।

स्वासप्रश्वासमा समस्या भै यहि २२ गते भर्ना भएकी उनमा २३ गते कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । उच्च रक्तचाप, दम र मधुमेहको समेत विरामी रहेकी उनको शघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको हो ।

तपाईको प्रतिक्रिया