×

 चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नं।को ट्रकले ना ६४ प ८३६३ नं को मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते भएका थिए ।

घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो ।

 

तपाईको प्रतिक्रिया