×

चितवन सेरोफेरो

चारकिलोमा पहिरो खस्दा नारायणगढ मुुग्लिन सडक अवरुद्ध

चारकिलोमा पहिरो खस्दा नारायणगढ मुुग्लिन सडक अवरुद्ध
चितवन । लगातारको वर्षाका कारण पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । ईच्छाकामना गाँउपालिका वडा नं.६ मा पर्ने चारकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अपरान्ह ४ः३० वजे गएको पहिरोका कारण चितवन भएर पोखरा काठमान्डौ जाने र र ती ठाउँबाट चितवन आउने सबै सवारी साधनहरु विचबाटोमै रोकिएका छन । लगातार पानी परिरहेकोले सडक सुचारु गराउने काम सुरु हुन सकेको छैन । ठुलो पहिरो भएकोले सडक खुलाउन केहि घण्टा लाग्ने प्रहरीको अनुमान छ । काठम...

विश्व गैँडा दिवसः गैँडा संरक्षणमा चुनौती

विश्व गैँडा दिवसः गैँडा संरक्षणमा चुनौती
चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा चोरी शिकार पुनः सक्रिय हुने सङ्केत देखिएको छ । गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएको छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र ...

चितवनका प्रहरी इन्सपेक्टरहरुको सरुवा ( हेर्नुहाेस सूचि सहित )

चितवनका प्रहरी इन्सपेक्टरहरुको सरुवा  (  हेर्नुहाेस सूचि सहित )
भरतपुर । चितवन जिल्लामा कार्यरत अधिकासं प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवाको क्रममा जिल्लाका प्रहरी इन्सपेक्टरहरुको पनि सरुवा भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो । यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय...

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनमा आज (सोमबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ र बाराका एक जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा खैरहनी नगरपालिकाका १५ जना, भरतपुर महानगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा खैरहनीका ७ महिने बालिका समेत रहेकी छिन् ।यस्तै बाराको जितपुर–१५ का ६८ वर्षीय पुरुषको पनि संक्रमण पुष्टि भएको छ ।  

भरतपुर विमानस्थलमा आजदेखि आन्तरिक उडान शुरु

भरतपुर विमानस्थलमा आजदेखि आन्तरिक उडान शुरु
चितवन ।भरतपुर विमानस्थलमा आजदेखि आन्तरिक उडान शुरु भएको छ । गएको चैत ११ गतेदेखि बन्द भएको उडान आजदेखि शुरु भएको हो । यहाँबाट यती एयरलाइन्स र बुद्ध एयरले उडान शुरु गरेका हुन् । आज दुवै एयरलाइन्सले दुई÷दुई वटा उडान भर्दैछन् । बुद्ध एयरले बिहान ११ः१० र ३ः४० बजे उडान भर्ने जनाएको छ भने यती एयरलाइन्स बिहान १०ः५० र २ः२५ बजे उडान भर्नेछ । ६ महिनापछिको पहिलो दिन भएकाले दुवै एयरलाइन्सले चालक दलमा दुई जना क्याप्टेन राखेर जहाज उडान शुरु गरेका हुन् । विमानस्थलमा असार ३० गते तारा एय...

किट अभावमा भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा काम प्रभावित

किट अभावमा भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा काम प्रभावित
चितवन ।भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आरटी पीसीआर किट अभावमा कोरोना परीक्षणको काम प्रभावित भएको छ ।भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. युवानिधी बसौलाका अनुसार किट नहुँदा दुई दिनदेखि ल्याबको काम प्रभावित भएको हो । उँहाले मन्त्रालयसँग किट माग गरिएको भए पनि माथि नै अभाव भएको भनिएकाले आउन नसकेको बताउनु भयो । अस्पतालले आकस्मिक रुपमा परीक्षण गर्नुपर्ने किट खरिदका लागि कोटेसन आह्वान गरेको डा. बसौलाले बताउनु भयो । पाँच लाखभित्र सीधा खरिद गर्न पाउने नियम अनुसार...

हेटौंडाकी काेराेना संक्रमित युवतीकाे भरतपुरमा मृत्यु

हेटौंडाकी काेराेना संक्रमित युवतीकाे भरतपुरमा मृत्यु
भरतपुर । चितवन मेडिकल कलेजमा उपचारका क्रममा थप एक सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हेटौंडा उपमहानगरपालिकाकी युवती रहेकी छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्...

चितवन मेडिकल कलेजमा काेराेना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा काेराेना संक्रमितको मृत्यु
भरतपुर । चितवन मेडिकल कलेजमा कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज बिहान निधन भएको छ । कलेजले आज एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । विज्ञप्तिमा भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । विज्ञप्तिमा सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै चिकित्सक र नर्सहरुले बचाउन नसकेको उल्लेख गरिएको छ । मृतकमा उच्च रक्तचापको समस्या रहेको पनि कलेजले जनाएको छ ।

पिकअप भ्यानको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

पिकअप भ्यानको ठक्करबाट चितवनमा  एक जनाको मृत्यु
भरतपुर । चितवनमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–६ पारसनगरस्थित गीतानगरबाट सिताराम चोकतर्फ गइरहेको लु १ च ४४३५ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटरसाइकललाई आज शनिबार विहान ७ः०५ बजेको समयमा ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ बस्ने ३७ वर्षीय ज्योति दराई उपचारको क्रममा भरतपुर अस्पतालमा विहान ७ः३० बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।