×

चितवन सेरोफेरो

रौतहटकी कोरोना संक्रमित महिलाको भरतपुरमा मृत्यु

रौतहटकी कोरोना संक्रमित महिलाको भरतपुरमा मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत रौतहटकी एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चपुर नगरपालिका वडा नं ५ बस्ने ५१ वर्षकी महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा उच्च रक्तचाप र थाइराइड सम्बन्धी समस्या थियो । उनी अस्पताल आएदेखि नै आइसीयूमा भर्ना भएकी थिइन् ।

भरतपुरमा तीन जनालाई सर्पले डस्यो : एकको मृत्यु दुई गम्भीर

भरतपुरमा तीन जनालाई सर्पले डस्यो : एकको मृत्यु दुई गम्भीर
चितवन । जिल्लाको एक घरमा मध्यरातमा प्रवेश गरेको सर्पले तीनजनालाई डसेको (टोकेको) छ । सर्पको डसाईबाट एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा उक्त घटना भएको हो । स्याङजा घर भई माईती शारदानगर आउनु भएकी रुबी सुनारका २ वर्षीय छोरो रायन रामदामको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुर शनिबार बिहान ५ः५० बजेको समयमा मृत्यु भएको हो । थापाका अनुसार स्याङजा घर...

चितवनमा सय किलो गाँजा सहित दुई जना पक्राउ

चितवनमा सय किलो  गाँजा सहित दुई जना पक्राउ
भरतपुर । चितवनमा १ सय किलो गाँजा सहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको गाँजा र ओसारपसारमा संलग्नलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ आँपपानीका २५ वर्षिय दोर्जे तामाङ र २४ वर्षिय पदम बहादुर मोक्तान रहेका छन । गत भदौ २१ गते प्रहरीले राप्ती नगरपालिका दवाडी चोकबाट ५ वटा बोरामा पोको बनाइ राखेको औषध गाँजा बेवारिसे अवस्थामा फेला पारेको थिायो । अनुसन्धान गर्दै जाँदा ओसारप्रसारमा संलग्न व्याक्तिला...

नारायणगढ मुुग्लिन सडकखण्ड खुल्यो

नारायणगढ मुुग्लिन सडकखण्ड खुल्यो
चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा आज विहान लेदो सहितको पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । सडक सूचारु भएसँगै गाडीहरु गन्तवयतर्फ लागेका छन ।विहान साढे ५ वजे खसेको पहिरोका कारण चितवन तर्फ आउने र चितवन भएर जाने सबै सवारीसाधनहरु विच बाटोमै रोकिएका थिए । काठमान्डौ सँग जोडिने लाईफलाइन नारायणगढ मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध हुदा यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।

२ महिनादेखि कृषि विश्व‍विद्यालयमा तालाबन्दी

२ महिनादेखि कृषि विश्व‍विद्यालयमा तालाबन्दी
चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् । सङ्गठनका अध्य...

पहिराे खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

पहिराे खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । नारायणगढ मुुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा आज विहान लेदो सहितको पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहारी कार्यालय चितवनले जनाएको छ । विहान साढे ५ वजे खसेको पहिरोका कारण चितवन तर्फ आउने र चितवन भएर जाने सबै सवारीसाधनहरु विच बाटोमै रोकिएका छन । ठुुलो पहिरो भएकोले सडक खुलाउन कम्तिमा पनि ४ घण्टा लाग्ने प्रहरीको अनुुमान छ । काठमान्डौ सँग जोडिने लाईफलाइन नारायणगढ मुुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध हुुँदा ...

रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि

रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि
चितवन ।  चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उहाँको रिपोर्ट एक सातापछि आएको हो । मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए । कोरोना विरुद्धको अभियानमा लड्ने क्रममा उहाँलाई कारोना पुष्टि भएको हो । स्वाव दिने बेलामा उनमा केही लक्षण देखिएको भएपनि अहिले स्वस्थ्य अवस्था सामान्य रहेको मेयर वनले बताउनु भयाे । उहाँ घरकै आइसो...

तोकिएको समयमा मात्र सेवा लिन आउन चितवन प्रशासनको अनुरोध 

तोकिएको समयमा मात्र सेवा लिन आउन चितवन प्रशासनको अनुरोध 
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी सेवा प्रवाहको समय तालिका जारी गरेको छ ।कार्यालयले बिहीबार जारी गरेको सूचनामा सो बारे उल्लेख छ । नागरिकताको प्रमाणपत्र र पार्सपोर्ट बनाउन तोकिएको स्थानीय तहले तोकिएको बारमा मात्र कार्यालय आउन भनिएको छ ।तालिका अनुसार भरतपुर महानगरपालिकालाई आइतबार, बुधबार र शुक्रबार तोकिएको छ भने इच्छाकामना गाउँपालिकालाई आइतबार र बुधबार तोकिएको छ । त्यसैगरी खैरहनी नगरपालिकालाई नागरिकता र पासपोर्ट बनाउने समय सोमबार ...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेर पुनः सडक अबरुद्ध भएको छ । इच्छाकामना गाँउपालिका ६ स्थिति चारकिलोमा आज विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । लगातार तीन दिनदेखि सो सडकखण्डमा पहिरो खसेर सडक अबरुद्ध हुँदै आइरहको छ । सडकखण्डमा अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य थापाले जानकारी दिनुभयो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । तीन दिनको अ...