
भरतपुर । चितवनमा १ सय किलो गाँजा सहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको गाँजा र ओसारपसारमा संलग्नलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ आँपपानीका २५ वर्षिय दोर्जे तामाङ र २४ वर्षिय पदम बहादुर मोक्तान रहेका छन ।
गत भदौ २१ गते प्रहरीले राप्ती नगरपालिका दवाडी चोकबाट ५ वटा बोरामा पोको बनाइ राखेको औषध गाँजा बेवारिसे अवस्थामा फेला पारेको थिायो । अनुसन्धान गर्दै जाँदा ओसारप्रसारमा संलग्न व्याक्तिलाई असोज १ गते राप्ति ५ भण्डाराचोकबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो । लागुऔषध ओसारप्रसारमा संलग्न मुख्य व्यक्ति फरार रहेको र खोजी भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका दुई जनालाई चितवन जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।