Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी सेवा प्रवाहको समय तालिका जारी गरेको छ ।कार्यालयले बिहीबार जारी गरेको सूचनामा सो बारे उल्लेख छ ।

नागरिकताको प्रमाणपत्र र पार्सपोर्ट बनाउन तोकिएको स्थानीय तहले तोकिएको बारमा मात्र कार्यालय आउन भनिएको छ ।तालिका अनुसार भरतपुर महानगरपालिकालाई आइतबार, बुधबार र शुक्रबार तोकिएको छ भने इच्छाकामना गाउँपालिकालाई आइतबार र बुधबार तोकिएको छ ।

त्यसैगरी खैरहनी नगरपालिकालाई नागरिकता र पासपोर्ट बनाउने समय सोमबार र बिहीबार तोकिएको छ ।प्रशासनको सूचनामा राप्ती नगरपालिकालाई सोमबार र मंगलबार, रत्ननगरलाई मंगलबार र बिहीबार तोकिएको छ ।

तपाईको प्रतिक्रिया