×

चितवन । नारायणगढ मुुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा आज विहान लेदो सहितको पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहारी कार्यालय चितवनले जनाएको छ ।

विहान साढे ५ वजे खसेको पहिरोका कारण चितवन तर्फ आउने र चितवन भएर जाने सबै सवारीसाधनहरु विच बाटोमै रोकिएका छन । ठुुलो पहिरो भएकोले सडक खुलाउन कम्तिमा पनि ४ घण्टा लाग्ने प्रहरीको अनुुमान छ ।

काठमान्डौ सँग जोडिने लाईफलाइन नारायणगढ मुुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध हुुँदा यात्रुुहरुले हैरानी व्यहोर्नु परेको छ ।

तपाईको प्रतिक्रिया