Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन ।  चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उहाँको रिपोर्ट एक सातापछि आएको हो ।

मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए । कोरोना विरुद्धको अभियानमा लड्ने क्रममा उहाँलाई कारोना पुष्टि भएको हो । स्वाव दिने बेलामा उनमा केही लक्षण देखिएको भएपनि अहिले स्वस्थ्य अवस्था सामान्य रहेको मेयर वनले बताउनु भयाे । उहाँ घरकै आइसोलेसनमा बसिरहेकाे छ ।

तपाईको प्रतिक्रिया