
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेर पुनः सडक अबरुद्ध भएको छ । इच्छाकामना गाँउपालिका ६ स्थिति चारकिलोमा आज विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । लगातार तीन दिनदेखि सो सडकखण्डमा पहिरो खसेर सडक अबरुद्ध हुँदै आइरहको छ ।
सडकखण्डमा अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य थापाले जानकारी दिनुभयो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । तीन दिनको अवधिमा सडकखण्डमा दजैनौ पहिरो खसेको छ ।