×

भरतपुर । चितवन मेडिकल कलेजमा उपचारका क्रममा थप एक सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हेटौंडा उपमहानगरपालिकाकी युवती रहेकी छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।उक्त अस्पतालमा हालसम्म १४ जना सङ्क्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ चितवनका हुन्

तपाईको प्रतिक्रिया