
भरतपुर । चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको आज (बिहीबार) विहान १२ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी भदौ २९ गते डायलाइसिस गर्नका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई तत्काल उनलाई सघन कक्षमा राखेर उपचार सुरु गरिएको थियो । योसंगै चितवनमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । जसमध्ये चितवनका मात्रै भने १८ जना रहेका छन् ।