Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा एक जनाको मृत्युपछि संक्रमण पुष्टि भएको छ । कलेजमा उपचाररत बाराको कलैया नगरपालिका वडा नं. १० का ७७ वर्षिय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको बुधबार मृत्यु भएको थियो । बिहीबार उनको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बिहीबारै चितवन मेडिकल कलेजमा उपचारत अर्काे एक संक्रमितको पनि मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया