![](https://www.ujayalokhabar.com/wp-content/uploads/2020/09/BPKMCH-696x255-1.jpeg)
चितवन । समयमा नै उपचार गरे क्यान्सर रोग निको हुने विज्ञहरुले बताएका छन् । समय समयमा स्वास्थ्य परीक्षण नगराउने, क्यान्सरका लक्षणदेखिएपछि मात्रै उपचार गराउन आउने र धेरै पुरानो भईसकेको क्यान्सरको उपचार गर्न कठिन हुने भए पनि समयमै यसको उपचार शुरु गर्न सके निको हुने उनीहरुले बताएका हुन् ।
खानपिन र जीवनशैलीमा ध्यान नदिँदा क्यान्सरको जोखिम बढ्ने गरेको छ । खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ । पहिलो चरणमा नै उपचार गरे क्यान्सर सजिलै निको हुने गर्दछ ।
विश्वमा वर्षेनी १ करोड ४० लाख मानिसमा क्यान्सर देखिने गरेको छ । विश्वमा एक वर्षमा ७६ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारण हुने जनाईएको छ । नेपालमा हरेक वर्ष १ लाखभन्दा बढी क्यान्सर हुने गरेको अनुमान गरिएको छ । ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बाशयको क्यान्सरका बिरामी धेरै हुने गरेका छन् ।
पछिल्लो समय उपचार प्रविधिको विकासले पनि क्यान्सरको उपचार सहज हुँदै गएको छ । त्यसैले समयमै अस्पताल गए क्यान्सर निको हुन्छ । नेपालमा महिलामा सबैभन्दा धेरै देखिने क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । ढिलो उपचार गराउन आउने र रोग लुकाएर बस्ने प्रवृत्तिले जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाई छ । पुरुषमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिने गरेको छ । ढिलो पहिचान, अस्वस्थ खानपिन र खराब जीवनशैलीले जोखिम बढाएको चिकित्सकहरु सुझाउँछन् ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा। देज गौतम कतिपय क्यान्सरका रोगहरु आफै परीक्षण गर्न सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “आफैले छामेर वा लक्षणहरु हेरेर क्यान्सर हो, होइन पत्ता लगाउन सकिन्छ ।”
उहाँका अनुसार शरीरमा शरीरमा गिर्खा, गाँठागुटीहरु देखिनुस कोठी, मुसाहरुको रंग बदलिनु वा आकार बढ्दै जानुस लामो समयसम्म खोकी निको नहुनुस खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु क्यान्सरका लक्षण हुन् । यस्तै खकारमा रगत देखा पर्नु वा लामो समयसम्म खोकी निको नहुनुस लामो समयसम्म दिसामा गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु पनि क्यान्सरको लक्षणहरु हुन् ।
महिलाहरुमा महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तश्राव हुनु वा महिनावारीको समयपछि रक्तश्राव हुनुस स्तनमा गाँठागुठीहरु देखिनु, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु क्यान्सरका लक्षणहरु भएको डा।गौतमको भनाई छ ।
यसैगरी छोटो समयमै शरीरको वजन घट्नुस रक्तअल्पता देखिनुस ज्वरो आईरहनुस नाक, मुख, शरीरका अन्य छिद्रहरुबाट रगत आउनु पनि क्यान्सरका लक्षण भएको कान्तिपुर हेल्थसँग कुरा गर्दै डा। गौतम बताउनुभयो
उहाँले मानिसहरुले व्यक्तिगत सरसफाई र खानपानमा विशेष ध्यान दिन सके क्यान्सर रोगबाट बच्न सकिने सुझाव दिनुहुन्छ । उहाँका अनुसार चुरोट, बिडी, खैनी, सूर्ती, जाँड, रक्सी र लागू पदार्थ सेवन नगर्नेस बासी, सडेगलेको र ढुसी परेको खानाहरु नखानेस पोलेर डढेको मासु र अन्य खानेकुराहरु नखाने गर्दा पनि क्यान्सरबाट बच्न सकिन्छ ।
यसैगरी अखाद्य रंग प्रयोग गरिएका खानेकुराहरु नखान चिल्लो बोसोयुक्त खानेकुराहरु र धेरै नुन नखाने, आफ्नो गुप्ताङ्ग सधैं सफा राख्ने, मौसम अनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खाने, महिलाहरुले आफ्नो गर्भाशय श्राव परीक्षण प्रत्येक वर्ष गर्ने हो भने पनि क्यान्सरबाट बच्न सकिने उहाँको सुझाव छ ।
यस्तै महिलाहरुले स्तनमा गिर्खा, गाँठागुठी पलाएको छ–छैन प्रत्येक महिना आफैले राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीको परामर्श लिने गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने डा। गौतम बताउनुहुन्छ ।
वर्तमान अवस्थामा कोरोनासँगै क्यान्सरसँग पनि सतर्क रहन निर्देशक डा। गौतमले आग्रह गर्नुभयो । समय समयमा परीक्षण गराउन र क्यान्सरको शंका लागेमा तुरुन्त अस्पताल आउन अपिल गर्नुभयो ।
अस्पतालका उपनिर्देशक डा।कृष्णसागर शर्मा क्यान्सर रोगबारे सचेतनाको अभाव रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “क्यान्सर भनेको शरीरको कुनै पनि कोषिकाहरू अनियन्त्रित रूपमा वृद्धि हुनु हो । यो शरीरको जुनसुकै भागमा पनि हुन सक्छ ।” अनियन्त्रित कोषिकाहरूलाई समयमानै रोक्न सकेनौँ भने मानिसको मृत्यु पनि हुन सक्ने डा। शर्मा बताउनुहुन्छ । समयमानै पत्ता लगाएर उपचार गर्ने हो भने क्यान्सर पूर्णरूपमा निको हुन्छ । उहाँले अगाडि थप्नुभयो “क्यान्सर अन्य रोग जस्तै हो यसलाई सामान्य रोग जस्तै ठानेर समयमै औषधि उपचार गर्ने हो भने निको हुन्छ ।” पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उहाँ बताउनुहुन्छ ।
उहाँले कान्तिपुर हेल्थसँग कुरा गर्दै भन्नुभयो “करिब एक तिहाई क्यान्सर स्वच्छ खानपिन र आहार बिहारबाट रोक्न सकिन्छ । एकतिहाई क्यान्सरको शुरुकै अवस्थामा उपचार गरेर निको पार्न सकिन्छ । बाँकी एक तिहाई क्यान्सर रोग निको नहुने खालका हुन्छन् । त्यसलाई पनि विभिन्न खालका उपचारबाट बाच्ने बेलासम्मका लागि जीवनउपयोगी बनाउन र मानवीय जीवन जिउन सक्ने बनाउन सकिन्छ ।”
क्यान्सरको उपचारसँगै सतर्कता अपनाउन आवश्यक रहेको भन्दै डा। शर्माले भन्नुभयो “सेप्टेम्बर महिना विश्व बाल क्यान्सर सचेतना महिना पनि हो । धेरैजसो बच्चाका क्यान्सरहरु निको हुन्छन् ।” बाल क्यान्सर रोग विशेषज्ञ समेत रहनु भएका डा। शर्माले विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म ६० प्रतिशत बाल क्यान्सर निको पार्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
विश्वका विभिन्न खालका संघ संस्थाहरु पनि क्यान्सर रोगको उपचार र रोकथामका लागेको बताउँदै उहाँले भन्नुभयो “हाल कोभिडको महामारीमा क्यान्सर लागेका बिरामीहरुको रोगसँग लड्ने क्षमता कम हुन्छ । क्यान्सरका रोगीहरुले कोरोनासँग बढी सतर्कता आवश्यक छ ।”
पछिल्लो अध्ययन अनुसार मानिसमा हुने क्यान्सरहरू एक सयभन्दा बढी प्रकारका छन् । तर त्यसमध्ये केही क्यान्सर भने अत्यधिक मात्रामा मानिसमा हुने गरेको पाइन्छ । यो रोग मानव शरीरको कुनै पनि अंगमा हुन सक्दछ । नेपालमा पाइने प्रमुख क्यान्सरमा फोक्सोको क्यान्सर, स्तन क्यान्सर, आन्द्राको क्यान्सर, टाउको क्यान्सर, घाँटीको क्यान्सर र पाठेघरको मुखको क्यान्सर हुन् । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यसकारण क्यान्सर रोगीसँगै बस्दा, खाँदा, हेलमेल गर्दा कुनै संकुचन मान्नुपर्ने अवस्था छैन ।
केही क्यान्सर रोगहरू वंशाणुगत भएको पनि पाइएको छ । वंशाणुगत भन्नाले कुनै व्यक्तिमा क्यान्सर रोग पाइएको खण्डमा उक्त व्यक्तिको रक्तसम्बन्धी नातेदारलाई समेत क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ ।
भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल आज २० वर्ष पूरा गरी २१ वर्ष प्रवेश गरेको छ । मित्र राष्ट्र चीनको सहयोगमा स्थापित यो अस्पतालमा हाल ४५० शैया रहेका छन् । बोनम्यारो प्रत्यारोपण बाहेक सबै खाले क्यान्सरको उपचार यस अस्पतालमा गर्न सकिन्छ ।