×

चितवन । पछिल्लो समय साईकल यात्रामार्फत जिल्लाको पर्यटनको प्रचारप्रशार गर्न चितवनका पत्रकारहरु लागी परेका छन । जिल्लाका विभिन्न रमणीय स्थानहरुमा पुुगेर उनिहरुले पर्यटनमा टेवा पुर्याउदै आएका छन । चितवनका पत्रकारहरु जनक अर्याल, हरिप्रसाद पोखरेल, विश्वास पौडेल, राजेश घिमिरे , सचिन भट्टराई र दिपेन्द्र अधिकारी हरेक दिनजसो साईकल यात्रा मार्फत पर्यटन प्रवर्धनमा लागी परेका हुन । विहानै ५ वजे उठ्ने उनिहरु भरतपुरको कुनै एक स्थानमा भेट हुन्छन र झण्डै ३० किलोमटिरको साईकल यात्रा सुरु गर्छन ।

झण्डै २ महिनादेखि साईकल यात्रामा निस्कन सुरु गरेका उनिहरुले जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य पुरा गरेका छन । साईकल यात्राका अगुवा पत्रकार महासंघ चितवनका निर्वतमान अध्यक्ष हरिप्रसाद पोखरेल पूर्वि चितवनको सौरहा देखि पश्चिम चितवनको पटिहानीमा रहेको अम्रेला स्ट्रिट सम्म साईकल मार्फत यात्रा पुरा गरिएको बताउनु भयो ।

पोखरेलका अनुसार साईकल यात्रीहरुको टोली कालिका नगरपालिकाको शक्तिखोरमा रहेको  गैरीवारी झरना देखि गैँडाकोटमा रहेको बाधँखोला सम्म पुगीसकेको छ । विगत केहि महिनादेखी साईकल चलाउन थालेका अर्का पाका पत्रकार जनक अर्यालले साईकल यात्रा मार्फत जिल्लाका नाम चलेका ठाँउहरु घुम्न पाएको जानकारी दिनुभयो । साथीहरु सँग भेटघाट पनि हुने र शरिरलाई पनि तन्दुरुस्त राख्न मद्धत पुग्ने भएकाले आफु विहानै ५ वजे नै यात्रामा सहभागी हुने गरेको उहाँले बताउनु भयो । बजार क्षेत्रमा साईकल चलाउन सवारी चाँपले गर्दा समस्या हुने भएपछि ग्रामीण क्षेत्र र भित्री बाटोमा साईकल चलाउँदाको आनन्द छुट्टै हुने उहाँको धारणा छ ।

साईकल मार्फत भोलीको यात्रा कहाँ गर्ने भन्ने बारेमा पत्रकारहरुले अलग्गै ग्रुप च्याट बनाएका छन । ”हामिले भोलीपल्ट कहाँजाने भनेर सोही ग्रुप च्याट मार्फत निधो गर्छौ अर्का पत्रकार राजेश घिमिरेले भन्नुभयो ”। साइकल चितवनको पहिचान पनि भएको भन्दै घिमिरेले स्वास्थ्यको लागि साइकल चलाउँदै गर्दा सहभागि सबैले आफू पुगेको ठाउँको पर्यटन प्रर्वधन हुनेगरी सञ्चार माध्यम मार्फत समाचार पनि प्रकाशन/प्रसारण गर्ने गरेको बताउनु भयाे । साईकल यात्रामा बैकंर्स दिपेन्द्र अधिकारी, समाजसेवी नेत्रजंग जिसी पनि सहभागी हुँदै आएका छन । साईकल यात्रामा सहभागीहरुले १५ हजार रुपैँया देखि ४५ हजार रुपैँया सम्म पर्ने साईकल चढ्दै आएका छन ।

तपाईको प्रतिक्रिया