×

चितवन सेरोफेरो

मतपत्र च्यातेर चुनाव जित्ने इतिहास दोहोरिन दिदैँनौ : पार्वती रावल (भिडियो सहित)

मतपत्र च्यातेर चुनाव जित्ने इतिहास दोहोरिन दिदैँनौ   : पार्वती रावल  (भिडियो सहित)
गैँडाकोट। राष्ट्रियसभा सदस्य दिलकुमारी रावल (पार्वती) ले मुलुकको समृद्धि र विकासको सपना बोकेर हिडेका प्रधानमन्त्री माथि पार्टि भित्रैबाट काम गर्न नदिइएको बताउनुभएको छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई लिएर सरकार अघी बढिरहेको अवस्थामा संसदीय दलबाटै बाटो छेक्ने काम भएको रावलको दावी छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओली पक्षिय नेतृ रावलले बहुमत प्राप्त दलको नेता तथा सरकारको प्रमुखलाई कुनैपनि हालतमा अगाडी बढ्न नदिने, विना आधार अभियोगपत्र तया...

मंगलपुर सहकारीको साधारण सभा सम्पन्न

मंगलपुर सहकारीको साधारण सभा सम्पन्न
चितवन । मंगलपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर १० दिनसम्म इकाई साधारणसभा र बिहीबार प्रतिनिधिमूलक साधारण सभा गरेको हो । कोभीड १९ को जोखिमबाट बचेर साधारणसभा सम्पन्न गर्न भरतपुर महानगरले जारी गरेको महामारीमा साधारण सभा कार्यनीति २०७७ अनुरुप संस्थाले साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष क्षेत्रप्रसाद सापकोटाले कार्यनीति अन्तर्गत रहेर आफ्ना सदस्यहरुको टोल बाँडफाँड गरि ९ ...

चितवनका होटल व्यवसायीले गृहमन्त्री र पर्यटन मन्त्रीलाई भेटे

चितवनका होटल व्यवसायीले  गृहमन्त्री र पर्यटन मन्त्रीलाई भेटे
चितवन ।कोभिड–१९ का कारण व्यवसायमा नकारात्मक असर परेको भन्दै होटल व्यवसायी महासंघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएको छ । व्यवसायीहरुले बुधबार मन्त्री ढकाललाई भेटेरै व्यवसायीको समस्या समाधान गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले बताउनुभयो । मन्त्री ढकाललाई भेटेर व्यवसायीहरुलाई घरबहालमा सहुलियत दिनुपर्ने, कोभिडका कारण अस्तव्यस्त बनेको होटल व्यवसायलाई चलामान बनाउन सरकारको मौद...

चितवन ट्राफिकको ‘म असल चालक’ अभियान सुरु

चितवन ट्राफिकको ‘म असल चालक’ अभियान सुरु
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक सुरक्षा र दुर्घटना न्यूनिकरणका लागि ‘म असल चालक’ अभियान सुरु गरेको छ । दुइपाङग्रे सवारीसाधनलाई मध्यनजर गर्दै ट्राफिकले बुधवारदेखि अभियान सुरु गरेको हो । जिल्लामा दुइपाङग्रे सवारीको दुर्घटना बढ्दो अवस्थामा रहेकाले यो अभियानपछि न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा राखिएको ट्राफिक प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो । अभियान एक महिनासम्म संचालन हुनेछ । दुर्घटनाको उच्च जोखिम रहेका जिल्लाका ६ स्थानबाट अभियान सुरु गरिएको भट्टले जानकारी...

गैँडा मारेर फरार चितवनका एक अभियुक्त १६ वर्षपछि पक्राउ

गैँडा मारेर फरार चितवनका एक अभियुक्त १६ वर्षपछि  पक्राउ
  चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करी गरेका दोषीलाई १६ वर्षपछि पक्राउ गरेको हो । माडी नगरपालिका वडा नं। ५ पिपरियाका ४८ वर्षिय शनिचरा महतो पक्राउ परेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १७ गते पक्राउ परेका महतोलाई २१ गते भरतपुर कारागार चलान गरिएको छ । महतोले निकुञ्जको कोर ईलाका भालुटापुमा २०६२ असारमा गैंडा मार्ने कार्यमा प्रत्यक्ष संलग्न थिए । २०६२ असोज १२ गते दायर मुद्दामा ०६४ पुस २० गते फैसला भएको थियो । निजलाई १...

चितवनमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

चितवनमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ
चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले आज ९बुधबार० पत्रकार सम्मेलन गरी पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि.क भरतपुर–८ गौरीगञ्ज पांडे घुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भइ हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । उनीहरु सबैको पुस...

यस वर्ष देवघाटमा माघेसंक्रान्ती मेला नलाग्ने

यस वर्ष देवघाटमा माघेसंक्रान्ती मेला नलाग्ने
गैँडाकोट। पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे सङ्क्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्र्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्याङ्क छ । कार...

चितवन पुगेर प्रचण्डलाई बादलले भने : प्रधानमन्त्री बन्ने रहर भए चुनाव जितेर आउनुस

चितवन पुगेर प्रचण्डलाई बादलले भने : प्रधानमन्त्री बन्ने रहर भए चुनाव जितेर आउनुस
चितवन । नेपाल कम्युनिष्ट पार्टि नेकपाका सचिवालय सदस्य राम बहादुर थापा (बादल)ले प्रधानमन्त्री बन्ने भए चुनाव जितेर आउन प्रचण्डलाई सुझाव दिएका छन । नेतृत्वलाई अपदस्त गर्न प्रचण्डले गम्भिर षडयन्त्र गरेको भन्दै गुहमन्त्री समेत रहेका बादलले प्रधानमन्त्री बन्नको लागि जालझेलले नहुने बताए । चितवनमा आज नेकपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले प्रधानमन्त्री बन्ने भए चुनावमा जितेर आउन र पार्टि अध्यक्ष बन्ने भए महाधिवेशन मार्फत आउन प्रचण्डलाई सुझाव दिए । उनले ...

नेकपा (ओली समूह) का शिर्षनेताले आज भरतपुरमा सम्वोधन गर्ने

नेकपा (ओली समूह) का शिर्षनेताले आज भरतपुरमा सम्वोधन गर्ने
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनको अगुवा कार्यकर्ता भेला पुस २० गते हुने भएको छ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम ...