भरतपुरको गणेशधाममा तलाउ निर्माण गरिँदै
भरतपुर । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच करोड ७५ लाखको बोलपत्र आह्वान गरेको छ । भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेशधामका रूपमा विकास गर्न दुई वर्ष अघिबाट काम शुरु गरिएको थियो ।
गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका संरक्षक एवं प्रदेशसभा सदस्य विजय सुवेदीले पु...


