×

चितवन सेरोफेरो

जनकल्याण मावि माडीका २० छात्राले पाए साईकल

जनकल्याण मावि माडीका २० छात्राले पाए साईकल
चितवन । माडीका जेहेन्दार छात्राहरुलाई साईकल सहयोग गरीएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका युवा ई.सुरेश खड्का र उहाँकी श्रीमति वृष्टी मोक्तानले माडीको जनकल्याण माध्यमिक बिद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार २० जना छात्राहरुलाई साईकल उपलब्ध गराउनुभएको हो । बिपन्न तथा जेहेन्दार बिद्यार्थिहरुलाई बिद्यालय जान आउन सहज होस भन्ने उदेश्य र पढाईमा थप हौसला जगाउने उदेश्यले साईकल बितरण गरीएको खड्काले बताउनुभएको छ । बिद्यालयको बार्षिक उत्सवको अबसर पा...

चितवन निकुञ्जको खुल्ला खोरमा बाघ पस्यो, दुई अर्ना मृत फेला

चितवन  निकुञ्जको खुल्ला खोरमा बाघ पस्यो, दुई अर्ना मृत फेला
चितपन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेरको छ । उक्त बाघको आक्रमणमा परी दुई वटा माउ अर्ना मरेका हुन् । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । ती दुई बयस्क पोथी रहेको उहाँले बताउनुभयो । विद्युतीय तारवार (ईलेक्ट्रीक फेन्स) ले खुल्ला खोर बारिएको छ । उक्त बारमा रुखको हाँगा झरेर केही दबेको ठाउँबाट उफ्रेर बाघ भित्र प्रवेश गरेको अधिकारीले जानकारी दिनुभ...

सौराहालाई उछिन्दै पाहुना घुमाउने ठाउँ बन्यो पटिहानीको अम्ब्रेला स्ट्रिट

सौराहालाई उछिन्दै पाहुना घुमाउने ठाउँ बन्यो पटिहानीको अम्ब्रेला स्ट्रिट
चितवन । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ । सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा गत वर्ष रु एक करोड ८६ लाख खर्च गरेर अम्रेला स्ट्रिटसहित पर्यटकीय पूर्वाधार बनाइएको थियो । वडाध्यक्ष विष्णु महतोका अनुसार शनिबार मात्र अ...

मनकामना केबलकार एकसाता बन्द हुने

मनकामना केबलकार एकसाता बन्द हुने
मुग्लिन । मनकामना केबलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचन...

चितवन राष्ट्रिय निकुन्जमा अखेटोपहार सहित तस्करीमा संलग्न तीनजना पक्राउ

चितवन राष्ट्रिय निकुन्जमा अखेटोपहार सहित तस्करीमा संलग्न तीनजना पक्राउ
चितवन ।नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनाक्तिलाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पक्राउ परेका व्यक्ति र अखेटोपहारलाई कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ । पक्राउ पर्नेमा चितवन माडीनगरपालि...

पूर्वमाओवादीको पार्टी कार्यालय भरतपुरमा नेकपा प्रचण्ड–माधव समूहको भेला

पूर्वमाओवादीको पार्टी कार्यालय भरतपुरमा नेकपा प्रचण्ड–माधव समूहको भेला
चितवन । नेपाल कम्युनिष्ट पार्टी को प्रचण्ड–माधव समूह चितवनको भेला भरतपुरमा सुरु भएको छ । पूर्वमाओवादीको पार्टी कार्यालय कृष्णपुरमा अगुवा कार्यकर्ता भेला सुरु भएको हो । अहिले भेला जारी छ । भेलामा विघटित प्रतिनिधि सभाका सांसद सुरेन्द्र पाण्डे ,  कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको छ ।

नेकपा चितवनको पार्टी कार्यालय प्रशासनको सुरक्षा घेरामा, कुनै पक्षले पनि प्रयोग गर्न नपाउने

नेकपा चितवनको पार्टी कार्यालय प्रशासनको सुरक्षा घेरामा, कुनै पक्षले पनि प्रयोग गर्न नपाउने
चितवन । नेपाल कम्युनिष्ट पार्टी  चितवनको जिल्ला कार्यालय प्रशासनको सुरक्षामा रहेको छ । आज आईतबारदेखि प्रशासनले कुनै पनि पक्षले प्रयोग गर्न नपाउने गरी सुरक्षा दिएर राखेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कानुन बमोजिम ठहरेर नआउँजेलका लागि सुरक्षा दिएर राखिएको बताउनुभयो । उहाँले तोकिएर नआएसम्म कुनै पनि पक्षले उक्त कार्यालय प्रयोग गर्न नपाउने जानकारी दिनुभयो । कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आजबाट सुरक्षाकर्मीले कार्यालयमा कसैलाई पनि प्रवेश...

चितवनको करागारबाट भागेका थुनुवा पक्राउ

चितवनको करागारबाट भागेका थुनुवा पक्राउ
चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए । जबर्जस्ती करणी...

प्रधानमन्त्रीको  समर्थन गर्दै चितवनको कालिकामा दीप प्रज्‍वलन

प्रधानमन्त्रीको  समर्थन गर्दै चितवनको कालिकामा दीप प्रज्‍वलन
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज शनिबार साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा दीप प्रज्ज्वलन सहित प्रदर्शन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियुको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् । सो अवसरमा पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओलीले संसद बिघटन गरी मध्यावधी चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठक बताउनुभयो ...