×

चितवन । माडीका जेहेन्दार छात्राहरुलाई साईकल सहयोग गरीएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका युवा ई.सुरेश खड्का र उहाँकी श्रीमति वृष्टी मोक्तानले माडीको जनकल्याण माध्यमिक बिद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार २० जना छात्राहरुलाई साईकल उपलब्ध गराउनुभएको हो । बिपन्न तथा जेहेन्दार बिद्यार्थिहरुलाई बिद्यालय जान आउन सहज होस भन्ने उदेश्य र पढाईमा थप हौसला जगाउने उदेश्यले साईकल बितरण गरीएको खड्काले बताउनुभएको छ ।

बिद्यालयको बार्षिक उत्सवको अबसर पारेर सोमबार खड्काकी आमा टुकीमायाले बिद्यार्थिलाई साईकल बितरण गर्नुभएको हो । छात्राहरुलाई साईकल हस्तान्तरण गर्दै टुकिमायाले बिद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । भने खड्का दम्पतिले आगामी दिनमा बिद्यालयलाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभएको छ । सो अबसरमा बोल्दै माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ठकालले बिद्यार्थिहरुलाई गरीएको साईकल बितरणले बिद्यार्थीमा पढाईप्रति थप हौसला प्रदान गर्ने धारणा राख्नुभएको थियो ।

बिद्यालयका प्रधानध्यापक रामबहादुर जिसी तथा बिद्यालयका अध्यक्ष श्यामकुमार विष्टले खड्का परीवारलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । साईकल बितरण समारोहमा मेयर ठाकुर ठकालसहित बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, बिद्यार्थि , अभिबावक लगाएतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया